नागढुंगाबाट स्रोत नखुलेको ४० लाखसहित एक पक्राउ
शुक्रबार बिहान चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेिएको डिएसपी घनश्याम श्रेष्ठले बताए। पक्राउ पर्नेमा पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका-२का ४० वर्षीय व्यास गुप्ता छन्।
प्रहरीले बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुवाहक बस महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गरेको थियो।
गुप्ता सोही बसमा सवार थिए। उनले आफ्नो झोला र कम्मरपेटी ती रकम लुकाएर ल्याएका थिए।