१६ सय ७४ संक्रमित थपिए
मुलुकमा थप १ हजार ६ सय ७४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ६ सय ७४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ ।