अध्यक्ष प्रचण्डलाई भेट्न महासचिव पौडेल खुमलटार पुगे
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णू पौडेले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । दुई अध्यक्षबीच असमझदारी बढेसँगै पार्टी एकता संकटमा परेको छ । नेकपा स्रोतका अनुसार महासचिव पौडल प्रचण्डलाई भट्न आज बिहान खुमलटारमा पुग्नुभएको थियो । आजको भेटमा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच पछिल्ला विकसित राजनीतिक घटनाक्रका बारेमा कुराकानी भएको बताइएको छ ।
महासचिव पौडेल पार्टीका दुई अध्यक्षबीचको असमझदारीलाई हटाउने प्रयासमा हुनुहुन्छ । लामो प्रयासपछि गत शुक्रबार बालुवाटारमा सचिवालय बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध अर्का अध्यक्ष प्रचण्डले प्रवित्तिगत बिशेषताहरु औल्याउदै त्यसमाथि छलफल गर्नपर्ने प्रस्ताव राखेपछि विवाद झनै उत्कर्षमा पुगेको छ ।
प्रस्तावपछि ओली पक्षका नेताहरु झनै शंशकित बनेको छन् । उता अध्यक्ष दाहालसहित बहुमत पक्षका नेताहरु भने बैठकबाटै समस्या समाधान गर्ने पक्षमा छन् । पार्टीको समस्या सुल्झ्याउने विकल्प छलफल बाहेक अन्य नभएको बताइरहेका छन् ।
प्रधानमन्त्रीले भने प्रचण्डको आरोप हरु झुटा र आधाहीन भएकाले बैठक नबस्ने र प्रस्तावमाथि छलफल नगर्ने बताउदै आउनुभएको छ । नेकपाको सचिवालय बैठक मंसिर ३ गते अर्थात भोलिलाई बोलाइएको छ । तर प्रधानमन्त्री भोलीको बैठक सार्ने मनस्थितीमा रहेको स्रोतले बताएको छ ।