थप १९ सय जनालाई सङ्क्रमण, १५ जनाको मृत्यु
विगत २४ घण्टामा नेपालभरि थप १,९१३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख चार हजार नाघेको छ। अहिलेसम्म नेपालमा १,११८९ सङ्क्रमितको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अहिले थप २,३४९ जना सङ्क्रमणमुक्त भएका छन्।