विराट मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु
मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा उपचार गराइरहेका कोरोना संक्रमित एक पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्ध पुरुषको बिहान ५ः५० बजे मृत्यु भएको सो मेडिकल कलेजले जनाएको छ । कार्तिक २७ गते पीसीआर परीक्षण गराउँदा वृद्धको रिपोर्ट पोजिटिभ आएको थियो ।
कोरोना पुष्टि भएपछि उपचारका लागि विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएका पुरुषको उपचारकै क्रममा ज्यान गएको हो । मृतक पुरुषलाई मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो भने पछिल्लो समय ज्वरो आउने, सासॅ फेर्न गाह्रो हुने समस्या थपिएको थियो ।