३ घाइते
(काठमाडौँ) रामेछापको दोरम्बाबाट बिरामी बोकेर काठमाडौँ आउदै गरेको जीप गोगनपानीमा दुर्घटना भएको छ ।
बिहान करिब २ बजे दोरम्बा गाउँपालिका-२ बाट बिरामी लिएर काठमाडौ आउदै गरेको जीप रामेछापको गोगनपानीमा दुर्घना हुँदा तीन जना घाइते भएको स्थानीय सिंहराज योञ्जनले जानकारी दिनुभयो ।
घाइते हुनेमा चालक वीर बहादुर तामाङ, दिब बहादुर तामाङ सजल योन्जन रहेका छन् । जीप खाडादेवी गाउँपालिका-५ गोगनपानी हाट लाग्ने डाडामा दुर्घटना भएको थियो ।
घाइतेहरुलाई मध्यपुर ठिमी अस्पतालमा उपचार भैरहेको छ । घाइतेको अवस्था सामान्य रहेको छ ।