थप १९ सय ४८ जनामा सङ्क्रमण , २८ जनाको मृत्यु
विगत २४ घण्टामा जनामा नेपालमा १,९४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र २८ जनाको कोभिड-१९ का कारण मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २६ हजार नाघेको छ। तर पर्याप्त परीक्षण नभएकाले यो सङ्ख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसकिने जनस्वास्थ्यविद्हरू बताउँछन्।
मन्त्रालयले बुधवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले देशभरि १६,६३९ जनामा सक्रिय सङ्क्रमण छ।