नेपाल र अमेरिकाबीच भएका सम्झौता कार्यान्वयनमा जोड दिन्छु
(काठमाडौँ) संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले नेपाल र अमेरिकाबीचको आर्थिक सहकार्यलाई बल पुर्याउन प्रभावकारी भुमिका निभाउने बताउनुभएको छ ।
खतिवडाले नेपाल र अमेरिकाबीचको सन्धि, सम्झौतालाई प्रभावकारी रूपमा अगाडि बढाउन आफूले भूमिका खेल्ने बताउनुभएको छ।
संघीय संसद्को संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा संसदीय सुनुवाइका क्रममा खतिवडाले दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा आफूले जोड दिने बताउनुभएको हो । आफ्ना अनुभव र कार्ययोजनाको बारेमा जानकारी दिने क्रममा प्रस्तावित राजदूत खतिवडाले राजदूत भएर अमेरिका गएपछि दुई देशबीचको आर्थिक सहकार्यलाई थप बल दिनेमा जोडदिनुभयो ।
नेपाल र अमेरिकाबीच भएका सबै सन्धि सम्झौतालाई आपसी सहकार्यमा अगाडि बढाउन भूमिका निर्वाह गर्नेछु ।उहााले भन्नुभयो । उहाँले अमेरिकामा रहेर नेपालमा लगानी ल्याउन राजदूतका रूपमा आफूले भूमिका खेल्ने उहाँको धारणा रहेको थियो ।