कोरोना संक्रमित सुदूरपश्चिमका कानुन मन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं लगिँदै
सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौ लगिँदै छ।
कात्तिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाहको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट‘ज्वरोसँगै उहाँको नाकबाट रगत बगेकाले थप उपचारका लागी काठमाडौं लग्ने तयारी भइरहेको छ,’ उनले भने।
सामाजिक विकास मन्त्रालयले हेलिकप्टरको व्यवस्था गरिरहेको बिकले बताए।
मन्त्री शाह कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि बिहिबारमात्रै उनी सेती प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा भर्ना भएका थिए।
त्यहाँबाट साँझ डिस्चार्ज भए पनि स्वास्थ्यमा सुधार नभएपछि थप उपचार गर्ने तयारी भएको हो।