शेरीबाट ४२ हजार रुपैँया सहित ७ जुवाडे पक्राउ
(नवलपरासी) प्रहरीले नवलपरासी (बर्दघाट-सुस्ता पुर्व) मध्यविन्दु नगरपालिकाबाट ३ स्थित शेरीबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका अनुसार नारायण जंग कार्कीको घरमा जुवा (तास) खेलाएको भन्ने बिशेष सुचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालयबाट खटि गएको टोलीले नगद सहित सात जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेको नाम भने सार्वजनिक गरेको छैन । उनीहरूको साथवाट तास सहित नगद ४२ हजार १ सय ७०रुपैँया बरामद गरेको छ ।
पक्राउ परेका सात जना विरूद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।