सोमबार दुई हजार ५ सय ७१ कोरोना संक्रमित थपिए
सोमबार थप दुई हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ। त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १८ जनाको मृत्यु भएको छ।
एक हजार ७ सय ९८ जना निको भएका छन्।