भारतीय नेताहरुबारे बाराक ओबामाको यस्तो टिप्पणी
(वासिङटन) अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई शिक्षकलाई प्रभावित पार्न उत्सुक विद्यार्थी जस्तै भनी टिप्पणी गरेका छन् ।
तर उनीसँग आफ्नो विषयमा योग्यता कम भएको पनि ओबामाको टिप्पणी छ । ओबामाले प्रकाशन हुने तयारीमा रहेको आफ्नो संस्मराणत्मक कृतिमा भारतीय नेता राहुल सहित सोनिया गान्धी, पूर्वप्रधानमन्त्री मनमोहन सिंह लगायत भारतीय नेताहरुमाथि गहन टिप्पणी गरेका छन् ।
न्युयोर्क टाइम्सका अनुसार विश्वभरका नेताहरुबारे टिप्पणी गर्ने बाराक ओबामा नै पहिलो अस्वेत अमेरिकी राष्ट्रपति हुन् । न्युयोर्क टाइममा ओबामाको प्रकाशोन्मुख कृतिबारे समीक्षा भएको छ ।
राहुल गान्धीलाई ओबामाले ‘नर्भस’ र ‘अज्ञात गुण’ भएको नेताको रुपमा व्याख्या गरे । साथै उनलाई मास्टर बन्ने योग्यता वा लगावको कमी भएको तर शिक्षकलाई प्रभावित बनाउन खोज्ने विद्यार्थी जस्तो व्यक्तिको रुपमा पनि ओबामाले ब्याख्या गरे ।
कंग्रेस सभापति सोनिया गान्धीमाथि पनि ओबामाले आफ्नो संस्मरणमा समेटेका छन् । ‘हामीलाई पुरुषहरुको सौन्दर्यबारे धेरै सुनाइएको छ । जस्तो कि, चार्ली क्रिस्ट र रहम इम्यानुएल । तर महिलाको सौन्दर्यबारे कमै चर्चा हुन्छ । तर एक वा दुई अपवाद वाहेक । जस्तै सोनिया गान्धी तीमध्ये एक हुन् ।
बाराक ओबामाले अमेरिकाको ४४औँ राष्ट्रपतिको रुपमा २००९ देखि २०१७ सम्म कार्यकाल चलाए । उनले आफ्नो संस्मरणमा भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहबारे पनि टिप्पणी गरेका छन् । ओबामा राष्ट्रपति छँदा मनमोहन भारतका प्रधानमन्त्री थिए । मनमोहनबारे उनले अरुलाई प्रभावित पार्ने इमानदारिता भएको व्यक्तिको रुपमा व्याख्या गरे । यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शारीरिक सौन्दर्यबारे पनि ओबामाले आफ्नो पुस्तकमा प्रशंसा गरेका छन् ।
ओबामाको ७६८ पेज लामो संस्मरण आगामी नोभेम्बर १७ मा प्रकाशन हुने बताइएको छ । ओबामा ओरिकाको पहिलो अफ्रिकन अमेरिकन राष्ट्रपति हुन् । जसले आफ्नो कार्यकालमा २०१० देखि २०१५ को अवधिमा दुई पटक भारत भ्रमण गरेका थिए ।