२१ सय ३ संक्रमित थपिए,१७ जनाको मृत्यु
मुलुकमा थप २ हजार १ सय ३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि र १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार १ सय ३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको छ ।
केही महिनादेखि जाँचिएका नमुनामा ठूलो दरमा सङ्क्रमण देखिने क्रम देखिएको छ। यसप्रति जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन्।
तर पर्याप्त सङ्ख्यामा परीक्षण नभएको र लक्षणविहीन व्यक्तिहरूले हतपत परीक्षण गराउन चासो नदेखाउने भएकाले सङ्क्रमितको सङ्ख्या धेरै हुनसक्ने उनीहरूको भनाइ छ।