ट्रम्पले पहिलोपटक ट्वीटरमा बाइडेनले 'जितेको' लेखे
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलोपटक "जो बाइडनले जितेको स्वीकार गरेको" देखिए पनि राष्ट्रपतीय निर्वाचनमा आफूले हारेको नमान्ने बताएका छन्। "निर्वाचनमा धाँधलीले भएकोले उनले जिते," रिपब्लिकन पार्टीका राष्ट्रपतिले ट्विटरमा लेखेका छन्।
त्यसको एक घण्टापछि उनले नोभेम्बर ३ को निर्वाचनमा आफूले हारेको स्वीकार नगर्ने भन्दै ट्वीट गरे। उनले महत्त्वपूर्ण राज्यहरूमा निर्वाचनमा धाँधली भएको भनेर केही मुद्दा हालेको भए पनि त्यससम्बन्धी प्रमाण दिएका छैनन्। उनका सबै कानुनी चुनौतीहरू अहिलेसम्म असफल भएका छन्।
शुक्रवार निर्वाचन अधिकारीहरूले चुनाव 'अमेरिकी इतिहासमै सबैभन्दा सुरक्षित' रहेको र 'कुनै मत मेटिएको वा हराएको वा परिवर्तन भएको वा अन्य कुनै गडबड भएको प्रमाण नभेटिएको' बताएका थिए।