आतंककारी हमला बढेपछि युरोपेली मुलुकको सीमा सुरक्षा व्यवस्थामा कडाइ गरियो
फ्रान्स र अस्ट्रियामा आतंककारी हमला बढ्ने क्रम जारीनै छ ।
फ्रान्सको राजधानी पेरिसको काँठ क्षेत्रका एक शिक्षकको हत्या लगतै फ्रान्समा लगातार आतंककारी हमला भएको कारण युरोपेली मुलुकहरूले आ–आफ्ना देशको सीमामा सुरक्षाको व्यवस्था कडा पार्दै लगेको जनाइएको छ।
आतंककारीहरूले फ्रान्सको निस, लियों, पेरिस र अस्ट्रियाको राजधानी भियनामा समेत आक्रमण गरेका छन् ।
हमलापछि राष्ट्रपति एमानुयन माक्रोंले चर्च, स्कुल र धार्मिक स्थलहरूको सुरक्षाका लागि थप ४ हजार सेना खटाउने अभिव्यक्ति राखेका छन्।