कर्णाली प्रदेश विवादमा केन्द्रिय पार्टीको हस्तक्षेप : लोकतन्त्र विरोधी काम
भूगोल पार्क डट कम ले गरेको अनलाइन मत सर्वेक्षण अनुसार 'कर्णाली प्रदेश विवादमा प्रदेश संसदले मिलाउनु पर्नेमा केन्द्रिय पार्टीको हस्तक्षेप जायज हो' भन्ने प्रशनमा अधिकांश सहभागीले लोकतन्त्र विरोधी काम भएको बताएका छन् ।
यस संस्था ले गरेको अनलाइन मत सर्वेक्षणमा सहभागी मतदाता मध्ये ६६.६७ प्रतिशतले लोकतन्त्र विरोधी काम, १६.६७ ले पार्टीको हस्तक्षेप जायज रहेको र १६.६७ प्रतिशतले मतलव नभएको कुरा बताएका छन् ।
भूगोल पार्क डट कम ले अनलाइन प्रविधि मार्फत मत सर्वेक्षण गर्दै आइरहेको छ । यसले नेपालमा हालसम्म १२ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
मुलुक संघीयतामा गएपछि पहिलो पटक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्द अविश्वास प्रस्ताव दर्ता भएको थियो। सांसद यमलाल कँडेलको अगुवाईमा सतारुढ नेपाल कम्युनिष्ट पार्टीकै सासंदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि अब के होला भन्ने सर्वत्र चासोको विषय भएको छ ।
थप जानकारीको लागी :