नेपाली मूलका अमेरीकी नागरीकको मत जो बाइडनलाई
अमेरीकामा बसोबास गर्ने नेपाली मूलका अमेरीकी नागरीकहरुको मत जो बाइडनलाई जाने एक सर्वेक्षणले देखाएको छ । नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोल पार्क डट कम ले गरेको अनलाइन मत सर्वेक्षणमा सहभागी मध्ये ७६% नेपाली मूलका अमेरीकी नागरीकले जो बाइडनलाई मत हाल्ने र २०% ले वर्तमान राष्ट्रपती डोनाल्ड ट्रम्पलाई मत हाल्ने बताएका छन् ।
भूगोल पार्क डट कम ले गरेको अनलाइन मत सर्वेक्षण अनुसार नेपाली मूलका अधिकाशं नागरीकहरुले जो बाइडनलाइ मतदान गर्ने गर्ने देखाएको छ ।
भूगोल पार्क डट कम नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था हो । यसले अनलाइन प्रविधि मार्फत मत सर्वेक्षण गर्दै आइरहेको छ । यसले नेपालमा हालसम्म ९ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ । सर्वेक्षणमा नमुनाको आकार प्रतिशतको गोलाकार थियो र प्लस माइनस ५.५% को त्रुटिको अनुमानित मार्जिनको साथ अमेरीकी राष्ट्रपती निर्वाचनमा गरिएको मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा १० प्रशनहरु थिए । प्रत्येक प्रश्नको जवाफ जनसांख्यि अनुसार प्रत्येक वर्गमा तोडिएको छ । पूरा डेटा विशलेषण भूगोल पार्क डट कममा गएर हेर्न सकिने छ ।
भूगोल पार्क डट कमका प्रमुख सञ्चालक शुष्मा सुवालका अनुसार मतदान मोडल वैज्ञानिक र विश्वका अग्रणी मत सर्वेक्षणकर्ताहरुले प्रयोग गरेको विधिसँग मिल्दोजुल्दो रहेको वताउनु भएको छ ।
यो मत सर्वेक्षणले नेपाली मूलका अमेरीकी नागरीकहरुको दुई तिहाई भन्दा बढी जो बाइडनको पक्षमा देखाएको छ ।