अमेरिकी राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको छैन : अन्तर्राष्ट्रिय पर्यवेक्षक
अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली नभएको जनाइएको छ । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले निर्वाचनमा अनियमितता नभएको प्रस्ट पारेका छन् ।
तेह्र मुलुकका २८ जना विज्ञ एवं पर्यवेक्षकले अमेरिकाको राज्यहरु मेरिल्यान्ड, आयोवा, जोर्जिया, मिचिगन र डिस्ट्रिक अफ कोलम्बियाको चुनावी गतिविधिको अनुगमन गरेका जनाएका छन् ।
चुनाव शान्तिपूर्ण भएको र हुलाकबाट प्राप्त मतहरु एकदमै सुरक्षित र व्यवस्थित रहेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको भन्दै अदालतमा मुद्धा दायर गरेका छन् ।