१६ जुवाडे मोरङ प्रहरीको नियन्त्रणमा
(विराटनगर) जुवा खेलिरहेका अवस्थामा प्रहरीले मोरङको रतुवामाई नगरपालिकाबाट १६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
शुक्रवार राति साढे ११ बजे रतुवामाई नगरपालिका–८ बाट तास र जुवा खेलिरहेका अवस्थामा १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्थानीय सागर गडतौलाको घरमाबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले एक लाख ६९ हजार ६ सय ९५ रुपैयाँ, १६ थान कौडा, एक बुङ तास, १६ वटा मोबाइल, १९ वटा मोटरसाइकल र २ वटा कार पनि नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा पर्नेहरुमा रतुवामाई नगरपालिका–७ का डिल्लीराम चौलागाई, मोती पौडेल, रामनाथ मैनाली, देवीप्रसाद प्रसाई, रामनाथ नेपाल, ४५ वर्षीय हेमलाल प्रसाई, नारायण चुडाल रहेका छन् ।
यसैगरी रतुवामाई नगरपालिका–८ का सन्तबहादुर राई, सागर गडतौला, दिपक ढुङगाना, देवराज घिमिरे, अशोक भट्टराई, राजन हस्ता सतार, गोपी पराजुली, रबिन पोखरेल र बेलबारी नगरपालिका–७ का गणेश श्रेष्ठ रहेका मोरङ प्रहरीले जनाएको छ ।