बानेश्वरमा बैंकका सुरक्षागार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा एक पक्राउ
नयाँ बानेश्वरको ग्लोबल आइएमई बैंकका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नयाँ बानेश्वर-३१ थापागाउँका ३१ वर्षीय शशी थापा छन् । उनलाई थापागाउँबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । गत असोज २९ गते सुरक्षागार्ड रुद्रबहादुर मगरलाई थापाले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका मगरको अहिले पनि उपचार जारी छ ।
त्यसयता फरार भएका थापालाई प्रहरीले बुधबार बिहान थापागाउँमा फेला पारेको थियो । सुरक्षागार्डलाई किन खुकुरी प्रहार भयो भन्नेबारे विस्तृत रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।