संक्रमितको कुल संख्या २ लाख ११ हजार ४ सय ७५ पुग्यो
मुलुकमा थप ५ सय २ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय २ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ ।