१२ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ
१२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीले भक्तपुर दुवाकोट बस्ने २० वर्षीय श्याम केसीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर, भक्तपुरले दोलखा भिमेश्वर नगरपालिका-७ मानेका केसीलाई शनिबार पक्राउ गरेको हो ।
उनले १२ वर्षीया बालिकामाथि गत साउन १८ गते बलात्कार गरेको भन्ने खबर प्रहरीले शनिबार दिउँसो पाएको थियो । सो खबर पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।
उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।