नेकपा केन्द्रिय सदस्य दिलु पन्त कोरोना मुक्त
(काठमाण्डौं) नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सम्पर्क कमिटीका इञ्चार्ज दिलु पन्त कोरोना मुक्त भएकी छिन् ।
गत कात्तिक ३० गते अल्फा केयर अस्पताल नयां बानेश्वरमा कोरोना सक्रंमण देखिएपछि डा. कुम्भ तामाङ्ग र डा. प्रदिप कुमार प्याकुरेलको सल्लाहमा घरमै आईसोलेशनमा बसेकी थिइन् ।
युवा संघ नेपालको पुर्व उपाध्यक्ष समेत रहेकी उनको शुक्रबार गरीएको पिसिआर परीक्षण मा रिपोर्ट नेगेटिभ आएको छ ।
