जीपको ठक्करबाट बाजुरामा एक बालकको मृत्यु
(बाजुरा) बाजुरामा जीपको ठक्करबाट १० बर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बल्दै आउदै गरेको जीपले ठक्कर दिँदा बुढिगंगा नगरपालिका वडा नम्बर १ कुणीका रति लोहारको छोरा बर्ष १० का रमेश लोहारको मृत्यु भएको हो ।
बिहान ९ बजेर ५० मिनेटमा सो घटना भएको र तत्काल बच्चाको उपचारका लागि अछामको बयालपाटा अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सु प त ०१ ज १०२००३ नम्बरकाे जीपले ठक्कर दिएर घाइते भएक बालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक मदनजित महराले बताउनुभयो ।
गाडी ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको डीएसपी महाराले बताउनुभएको छ। उहाँका अनुसार घटनाको यथार्तका बारेमा अनुसन्धान भइरहेको छ ।