नागढुङ्गाबाट ९४ थान बिलबिनाका मोबाइल सेट बरामद
(काठमाडाैँ) महानगरीय प्रहरी प्रभाग नागढुंगाले चन्द्रागिरि- २ नागढुंगास्थित चेक प्वाइन्टबाट बिल तथा कागजात नभएको मोबाइल सेटहरू बरामद गरेको छ ।
प्रहरी निरीक्षक हेमन्त बिक्रम थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले छुट्टाछुटै चेक जाँचको क्रममा ९४ थान मोबाइल बरामद गरेको हो ।
चितवनबाट काठमाडाैँ आएको बा ३ ख ३१०६ नम्वरको यात्रुबाहक हाइस रोकी खानतलासी गर्ने क्रममा उक्त बसको छतमा कार्टुन बाकसभित्र बिल नभएको अवस्थामा ५६ थान मोबाईल फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले बताए ।
८ ए डियुल मोबाईल ६ वटा, रेडमी २३ वटा, नोट ९ मोबाईल ४ वटा, रियल मी २२ वटा र नार्जौ १ वटा गरी कुल ५६ वटा मोवाईल बरामद गरीएको हो ।
उक्त बरामद मोबाईलहरु आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, हरीहरभवन ललितपुर पठाईएको थानकोट प्रहरीले जनाएको छ । त्यस्तै प्रहरी टोलीले ना ५ ख २२८७ नम्बरको नेपालगन्जबाट काठमाडाैँतर्फ आउने यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा उक्त बसमा लुकाई छिपाई ल्याउँदै गरेकाे विभिन्न कम्पनीका ३८ थान मोबाईल पनि बिनाबिल र कागजातका फेला पारी नियन्त्रणमा लिएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा उक्त मोबाइल काठमाडाैँकै नागार्जुन न.पा. ३ बस्ने बर्ष २८ को आषिक श्रेष्ठले खरिद गरेको पाइएकाे प्रहरी जनाएको छ । श्रेष्ठलाई काठमाडाैँ महानगरपालिका वडा नम्बर १५ स्वयम्भुबाट नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार भिवो मोबाइल ७ थान, ओपो ६ थान, रेडमी १७ थान, स्यामसुङ ५ थान, वान प्लस १ थान, मोटाेराेला १ थान र इनफिक्स मोबाइल १ थान रहेको छ ।
बरामद गरिएका मोबाइलको बजार मुल्य अन्दाजी ३ लाख ५० हजार रहेको छ । बरामद मोबाईल तथा पक्राउ परेका व्यक्ति आवश्यक अनुसन्धान एवं कारबाहीको लागि भन्सार कार्यालय सानो गौचर, काठमाडाैँ पठाइएको छ ।