१७ जनाको मृत्यु, २५ घाइते
निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।
सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । मृत्यु हुनेमा १२ महिला तथा ५ पुरूष रहेको जनाइएको छ ।
निकारागुवाको मोन्टानिटा भन्ने स्थानको राजमार्गमा सडक दुर्घटनामा परेको थियो। उक्त क्षेत्रको वासलाहामा यात्रुबाहक सवारी दुर्घटना हुदा ती व्यक्तिको ज्यान गएको हो। यात्रुहरू लिएर हिँडेको ट्रक दुर्घटनामा परेको र त्यसमा रहेका यात्रुहरूको ज्यान गएको बताइएको छ ।
घाइतेहरूको उपचार जारी रहेको बताइएको छ । वासाला नगरका प्रमुख जर्मन भर्गासले उक्त क्षेत्रमा भएको सो दुर्घटना खतरनाक रहेको बताए।
त्यस दुर्घटनाको अनुसन्धान सुरू भएको पनि उनले जानकारी दिएका छन् ।