प्रधानमन्त्री ओली इलाम जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमबार) पूर्वी नेपालका ताप्लेजुङ र इलाम भ्रमण जाने भएका छन् । सोमबार बिहान ८ बजे प्रधानमन्त्री ओली ताप्लेजुङ र इलाम जाने कार्यक्रम तय भएको छ ।
ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरेर प्रधानमन्त्री ओली इलाम जानेछन् । इलाममा पनि सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम छ । इलामको सन्दकपुरमा बीओपी निर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमबार) पूर्वी नेपालका ताप्लेजुङ र इलाम भ्रमण जाने भएका छन् । सोमबार बिहान ८ बजे प्रधानमन्त्री ओली ताप्लेजुङ र इलाम जाने कार्यक्रम तय भएको छ ।
ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरेर प्रधानमन्त्री ओली इलाम जानेछन् । इलाममा पनि सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम छ । इलामको सन्दकपुरमा बीओपी निर्माण भएको छ ।