सुनको भाउ तोलामा सय रुपैयाँ घट्यो
सुन आज तोलामा ९६ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ हिजो तोलामा एक सय रुपैयाँ बढेर तोलाको ९६ हजार ३ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज ५ रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ ।