लागूऔषध १८०० एम्पुलसहित दुई पक्राउ
(बारा) प्रहरीले लागूऔषध १८०० एम्पुलसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बाराको बाल मन्दिर अगाडि सडक खण्डबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा वीरगञ्जले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा महनागरपालिका वडा नं. २५ मौजे सिर्सियास्थित सडक खण्डबाट कलैया उपमहानगरपालिका वडा नं.९ रामपुर बस्ने बर्ष २० को रोशन साह कलवार र बारा कलैया उपनगरपालिका वडा नं.९ रामपुर बस्ने बर्ष २९ को चन्दन प्रसाद कुशवाहालाई पक्राउ गरेको छ।
प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषध फेनारगन ६०० एम्पुल, डाइजेपाम ६०० एम्पुल र नुर्फिन ६०० एम्पुल इन्जेक्सन गरी जम्मा १८०० (एम्पुल) बरामद गरेको छ ।
उनीहरू सवार ना.२० प ६४२८ नम्बरको मोटरसाईकलसहित नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागूऔषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा वीरगञ्जले जनाएको छ ।