बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
(विराटनगर) मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा यात्रुबहाक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग स्थित पूर्वतर्फ जाँदै गरेको को २१ प ५९९१ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १ -०१-००१ ख ३४१० नम्बरको बसले सलकपुर चोकमा आइतबार बिहान ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा–७ का ४० वर्षीय विजेस लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्याएपछि चिकित्सकले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी प्रहरीले दिनुभयो ।
ठक्कर दिने बस र चालक झापाको कनकाई–१ का बाबुलाल मुर्मुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभयो ।