डोनाल्ड ट्रम्पका जेठो छोरामा कोरोना पोजेटिभ
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्थानीय समाचार माध्यमहरुका अनुसार राष्ट्रपति ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जेआरलाई कोरोना पुष्टि भएको हो ।
उनमा शुक्रबार हिजो कोरोना पुष्टि भएको बताइएको छ । संक्रमण पुष्टि भएका उनी स्वास्थ्य मापदण्ड अपनाउदै आइशोलेसनमा बसेको समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।
यसअघि राष्ट्रपति ट्रम्पसहित पत्नी मेलानिया, अर्का छोरा बोर्न र अन्य कर्मचारीहरुमा पनि कोरोना संक्रमण पुटि भएको थियो । राष्टपति ट्रम्पका संक्रमित छोरा जेआर राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा आयोजित एक रात्री भोजमा सहभागी भएपछि संक्रमित भएको अनुमान छ । त्यहाँ सहभागी २५० भन्दा बढीले मास्क प्रयोग नगरेको खुलेको छ ।