उपत्यकामा १३३८ नयाँ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा थप एक हजार ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।
थपिएका संक्रमितमध्ये ५ सय ७० महिला र ७ सय ६८ जना पुरुष छन्।
अहिले काठमाडौंमा १५ हजार १, भक्तपुरमा एक हजार २ सय ४२ र ललितपुरमा २ हजार २ सय २६ सक्रिय संक्रमित छन्।