पत्यकामा १५ सय ३३ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकाको तीन जिल्लामा आइतबार थप १५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा १२ सय ९४ , ललितपुर जिल्लामा एक सय ६२ र भक्तपुर जिल्लामा ७७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर शनिबार २८ सय १७ जनामा संक्रमण पुष्टि भएको छ ।