उपत्यकामा कोरोना संक्रमित ९७ हजार नाघ्यो, मृतकको संख्या ४६३
काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या ९७ हजार १५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा कुल कोरोना संक्रमितको संख्या ९७ हजार १५९ पुगेको हो ।
उपत्यकामै हाल कोरोनाका संक्रिय संक्रमित १७ हजार ६७१ जना रहेको मन्त्रालयले जनाएको छ । कोरोना निको हुनेको संख्या ७९ हजार २५ पुगेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या उपत्यकामा ४६३ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, काठमाडौं जिल्लामा कोरोना संक्रमितको संख्या ७८ हजार ६५० जना पुगेका छन् । जसमा निको हुनेको संख्या ६४ हजार ७० जना छन् । सक्रिय संक्रमित १४ हजार २७९ जना छन् । जसमध्ये ११ हजार ३२८ कोरोना संक्रमित होम आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ । काठमाडौं मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१ पुगेको छ ।
यसैगरी, भक्तपुरमा कोरोना संक्रमितको संख्या सात हजार १३० पुगेको छ । जसमा निको हुनेको संख्या पाँच हजार ८६६ छ । सक्रिय संक्रमितको संख्या एक हजार १८८ छ । सक्रिय संक्रमितमध्ये एक हजार २८ जना होम आइसोलेसनमा छन् । कोरोनाबाट भक्तपुरमा मात्रै ७६ जनाको मृत्यु भएको छ ।
ललितपुरमा कोरोना संक्रमितको संख्या ११ हजार ३७९ जना पुगेको छ । जसमा निको हुनेको संख्या नौ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित भने दुई हजार २०४ जना छन् । जसमध्ये एक हजार ९५९ जना होम आइसोलेसनमा छन् । ललितपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८६ पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख १० हजार ९७३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ छ । कोरोना निको हुनेको संख्या एक लाख ७६ हजार ३६४ छ । भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार २३० पुगेको छ ।