थप १३८० मा कोरोना संक्रमण, १९ को मृत्यु
नेपालमा थप एक हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ८० जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाले ज्यान गुमाएका छन्। साथै, ५ सय १५ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।