कोरोना संक्रमणका कारण अमेरिकामा एकैदिन १९०८ जनाको मृत्यु
पछिल्लो समय अमेरिकामा तीब्र रुपमा कोरोना संक्रमण फैलिएको छ । अमेरिकामा कोरोनाका कारण एकैदिन १९०८ जनाले ज्यान गएको छ ।
पछिल्लो झन कोरोना संक्रमणको दर बढिरहेको अमेरिकामा एकै दिन झण्डै १ लाख ७० हजार संक्रमित थपिएका छन् । अमेरिकामा संक्रमितको संख्या १ करोड १८ लाख नाघेको छ । त्यस्तै कोरोनाका कारण हालसम्म २ लाख ५६ हजारभन्दा बढीको मृत्यु भएको छ ।