ताप्लीमा बम विस्फाेट गराएकाे आराेपमा विप्लव समूहका दुई कार्यकर्ता पक्राउ
(उदयपुर) उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट गराएको आरोपमा प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकता पक्राउ परेका छन् ।
ताप्ली गाउँपालिका ५ रुपटारका गौरबहादुर देवकोटा र ताप्ली गापा १ ओख्ले घर भएका रितु विकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय प्रमुख एसपी भीम दाहाल जानकारी दिए । बुधबार दिउँसो घरैबाट प्रहरीले पक्राउ गरेको हो ।
ताप्ली गाउँपालिकाको कार्यालय रुपाटारमा अज्ञात समूहले ४ दिन अगाडी सनिवार बम बिस्फोट गराएको थियो । बम बिस्पोट भए सँगै घटनामा संलग्नहरुको खोजी जारी राखेको थियो। पक्राउ परेका बिप्लब कार्यकर्ताको बारेमा प्रहरीले अनुसन्धानको लागि नियन्त्रण लिएको एसपी दाहालले जानकारी दिए । एसपी दाहालले भने “अहिले ‘जिल्ला प्रहरी कार्यालय ल्याइपुर्याएको छैन,’ थप ‘अनुसन्धान भइरहेको हुन सक्छ ।’ उनले भने ।
बम बिस्फोटबाट ढोका,टेबल, कुर्सी,प्रिन्टर र भवनमा सामान्य क्षति पुगेको गाउपालिका प्रमुख उद्दब सिंह थापाले बताए। एउटा बम भने १८ घण्टा पछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो ।