डा. केसीको माग सुनुवाई नभए आन्दोलनको आँधीबेरी ल्याउने युवाहरुको चेतावनी
(काठमाण्डौं) स्वास्थ्य शिक्षामा सुधारको माग राखि सत्याग्रह जारी राखेका डा गोबिन्द केसीको माग पूरा गर्न सरकारले आलटाल गरिरहेको बेला युवाहरुले तीव्र दबाब बढाएका छन् ।
यसै क्रममा ‘युथ अफ गोकर्णेश्वर’ को आयोजनामा आज ‘भ्रष्टाचार गर्न पाँइदैन, डा केसी मार्न पाँइदैन’ भन्दै युवाहरुको आब्हानमा स्वतफूर्त रुपमा प्रर्दशन भएको छ ।


प्रर्दशनका क्रममा कोणसभामा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले डा केसीको माग ब्यक्ति बिशेषको भन्दा पनि आम नेपालीको माग भएको बताए ।
उनले सरकार लाचार र निर्लज्ज बनेर डा केसीको माग प्रति वेवास्ता गरेको भन्दै त्यस्को मुल्य महंगो पर्ने चेतावनी पनि दिए ।


भ्रष्टाचारमा लिप्त सरकारले डा केसी जस्ता सत्याग्रहीको माग नसुन्नु बिडम्वनापूर्ण भएको पनि उल्लेख गरे ।
उक्त अवसरमा कार्यक्रम संयोजक फुर्बा लामा, समित लामा, निरज लामा, जीवन श्रेष्ठ, मनिल रिजाल लगायतका युवाहरुले यदि सरकारले डा केसीको माग सुनुवाई नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए ।

