कर्णाली समस्यामा ओली र प्रचण्डसँग आ-आफ्नै समाधान
संसदीय दलका नेताविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गर्नेबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच मतान्तार देखिएको छ। असोज २५ गते मुख्यमन्त्री समेत रहेका नेकपा कर्णालीका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरूद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुख्यमन्त्री शाही, अविश्वासको प्रस्तावको नेतृत्व गर्ने सांसद यामलाल कँडेललगायत मुख्य नेताहरूलाई काठमाडौं बोलाएका थिए।
असोज २९ गते नै काठमाडौं आइपुगेका नेताहरूले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँग छुट्टाछुट्टै भेट गरेका थिए।