विप्लव समूहका पुर्वी कमाण्डसहित २ जना पक्राउ
(विराटनगर) मोरङको मिक्लाजुङ गाँउपालिकाबाट नेकपा विप्लव समुहका पुर्वी कमाण्ड सहित २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुचनाका आधारमा मिक्लाजुङ वडा नं. १ घुर्मिसे स्थित खालि घरमा बसेको थाहापाएर मोरङ प्रहरी प्रमुख एसपि सन्तोष खडकाको कमाण्डमा खटिएको टोलीले इलाम चुलाचुलि ६ का कमरेड सनम भन्ने विज्ञान राई र सप्तरी जिल्लाका सुरुङगा नगरपालिका २ का काशिनाथ घिमिरेलाई पक्राउ गरेको प्रमुख एसपि खड्काले जानकारी दिनु भयो ।
१२ गते बेलुका ७ बजे छापा र्मादा नेकपा विप्लब समुहको पुर्वी कमाण्ड मेची कोशी व्यूरो चौथो कम्पनीका कम्पनि कमिशनर काशीनाथ घिमिरे र पुर्व सप्तरी जिल्ला सेक्रेटरी पाटीका साधारण सदस्य विज्ञान राई पक्राउ गरी खानतलासी गर्दा उनिहरुको साथबाट हातहतियार खरखजाना , बिष्फोटक पदार्थ,विप्लव समुहको दस्तावेज र वन्दोवस्तीका सामानहरु समेत फेला पारेको एसपि खड्काल् जानकराी दिनु भएको छ ।
उनीहरुले मिक्लाजुङका स्थानीयहरुसंग चन्दा असुली गर्ने गरेको पाइएको छ । पक्राउ पर्नेहरु माथि हातहतियार, खरखजाना तथा विष्पोटकपदार्थ सम्बन्धी कसुरमा मुद्धा दायर गरि अनुसन्धान कारवाही गरिने मोरङ प्रहरीले जनाएको छ ।