उपत्यकामा २२ सय ८३ जना संक्रमित थपिए
काठमाडौं उपत्यकामा सोमबार २२ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा १८ सय ८८ जना, ललितपुरमा दुई सय ७७ जना र भक्तपुरमा एक सय १८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर आज चार हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १४ सय ७३ जना निको भएर डिस्चार्ज भएका छन् ।