बजारमा मनपरी बढ्याे, अनुगमन 'कर्मकाण्डी भयाे'
दसैँ नजिकिँदै गर्दा बजारमा अखाद्य वस्तु छ्यापछ्याप्ती भेटिन थालेका छन् । वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकामा परिचालन गरेका १० वटा अनुगमन टोलीले अखाद्य वस्तुकाे बिक्रीवितरण भइरहेकाे फेला पारेकाे हाे । यति मात्र हाेइन, मनलाग्दी मूल्य लिएर उपभाेक्ता ठग्ने व्यापारी पनि प्रशस्तै भेटिएका छन् ।
अनुगमनका क्रममा उपत्यकाका अधिकांश स्टोर तथा पसलमा अखाद्य वस्तुकाे बिक्री वितरण भइरहेकाे पाइएकाे विभागले जनाएकाे छ ।
विभागले १ असोजयता ठूला तथा साना व्यवसायी गरी करिब एक सय व्यापारीलाई कारबाही गरिएकाे जनाएकाे छ । कारबाहीमा पर्नेमा रिलेबलिङ गरेका तथा उपभोग्य मिति नभएका सामान बिक्रीवितरण गर्ने व्यापारीहरू छन् । यसैगरी मनलाग्दी मूल्य लिने व्यापारी पनि अनुगमन टाेलीकाे फन्दामा परेका छन् । उनीहरूविरूद्ध कारबाही प्रक्रिया अघि बढाइएकाे विभागले जनाएकाे छ ।
विभागका महानिर्देशक नेत्र सुवेदीले कालाेबजारी गर्ने र उपभाेक्ताप्रति गैरजिम्मेवार व्यवसायीलाई कारबाही गरिछाड्ने बताए ।
उनले भने, ‘बजार कसरी व्यवस्थित गर्ने भनेर अनुगमनलाई तीव्रता दिएका छाैँ । ठूला व्यापारिक केन्द्रमा उपभाेक्तामारा काम हुने गरेकाे जानकारी आएकाे छ । अवैधानिक काम गर्नेप्रति हामी निर्मम भएर अघि बढ्छाैँ ।’