राष्ट्रपतिले दुई महिनाको तलब र चाडवाड खर्च कोरोना कोषलाई दिइन्
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको तलब र आफूले पाउने चाडवाड खर्च कोरोना कोषलाई दिएकी छन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले यस आर्थिक वर्षको दुई महिनाको तलब र चाडवाड खर्च कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा दिएको जनाएका छन् ।
यसअघि प्रतिनिधि र राष्ट्रिय सभाका सांसदहरूले महामारीका बेला दसैं भत्ता लिएको भन्दै आलोचना भएको थियो । आलोचनापछि सांसदहरूले उक्त भत्ता फिर्ता गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषदका सबै सदस्यले पनि दसैं भत्ता कोषमा जम्मा गरेका छन् ।