इटहरीका एक संक्रमितको बिपी प्रतिष्ठानमा मृत्यु
इटहरीका एक कोरोना संक्रमितको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार इटहरी-१ का ७९ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो ।
असोज २६ गते उनमा कोभिड पुष्टि भएको थियो । २७ गते उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनी मुटु र मधुमेहका विरामी रहेको अस्पतालले जनाएको छ ।