चितवनमा थप दुई संक्रमितको मृत्यु
(चितवन) चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुर जिल्ला गैंडाकोट नगरपालिका–२ निवासी ५४ वर्षीय पुरुषको हिजो साँझ कोरोनाका कारण मृत्यु भएको अस्पताल स्रोतले जनाएकाे ५ ।
कार्तिक ३ गते स्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा भोलीपल्ट संक्रमण पुष्टी भएको थियो । मधुमेहका विरामी उनलाई सघन उपचार कक्षमा भेन्टीलेटरको सहायताले उपचार गरिएको थियो । यस्तै भरतपुर सरकारी अस्पतालमा उपचाररत गोरखाकी १९ वर्षीया युवतीको पनि कोरोनाका कारण हिजो मृत्यु भएको छ ।
बारपाक सुलिकोट गाउँपालिका– १ की युवतीको कार्तिक ५ गते कोभिड– १९ संक्रमण पुष्टी भई श्वासप्रश्वासमा समस्या भएपछि कार्तिक ६ गते अस्पतालको कोभिड आइसीयुमा उपचार भइरहेको थियो ।