जुम्लामा ३९ संक्रमित थपिए
दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा संक्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना संक्रमण बढ्दै गएको हो ।
जिल्ला १२ साउनमा पहिलो पटक कोरोना संक्रमित शून्य भएको थियो । त्यसैगरी १४ असोजमा पनि सबै संक्रमित निको भएपछि दोस्रो पटक संक्रमण शून्य भएको भएकाे थियाे । यहाँका सर्वसाधरणदेखि अधिकांश उच्च पदस्त व्यक्ति कोरोना संक्रमित भइसकेका छन् । तर कोरोना संक्रमणबाट भने हालसम्म कुनै घटना घटेको छैन ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार कोरोनालाई यहाँ रुघाखोकीको संज्ञा दिएको छ । संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि केही दिन लकडाउन तथा निशेधाज्ञा जस्ता कार्य गर्दा आलोचना खेप्नु पर्ने स्थित छ ।
गएको चैतदेखि यता जुम्लामा संक्रमित हुनेको संख्या दुई सय ९७ पुगेको छ । आइतबारसम्म ३९ जना सक्रिय संक्रमित रहेका छन् । दुई सय ५८ जना निको भएर घर फर्किसेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनका अनुसार सक्रिय संक्रमित १३ जना संस्थागत आइसोलेसनमा २६ जना होम आइसोलेसनमा रहेका छन् ।