‘दसैँमा मन्दिरमा पुजारीले मात्र पूजा गर्नू, पिङ पनि नहाल्नू’
सरकारले दसैँमा मठमन्दिरमा पुजारीले मात्र पूजा गर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले भक्तजन मन्दिरमा जाँदा कोरोना संक्रमण जाेखिम बढ्ने भएकाले पुजारीलाई मात्र पूजा गर्न आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘सबै मन्दिमा पुजारी मात्र उपस्थित हुन मन्दिर व्यवस्थापन, गुठी, मन्दिर समिति, स्थानीय प्रशासनलाई आग्रह गर्दछु ।’
सरकारले यो वर्ष दसैँमा पिङ पनि नहाल्न भनेको छ । ‘विभिन्न देश र शहरबाट गाउँमा जाने क्रम बढेकाले कोरोना फैलने जोखिम हुन्छ । त्यसैले पिङ पनि नहाल्नू,’ प्रवक्ता गौतमले भने ।