केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका युवाको मृत्यु
काठमाडौं मेडिकल कलेजबाट हाम्फालेका एक युवाको मृत्यु भएको छ।
अस्पतालको तेस्रो तलाबाट सोमबार बिहान ८:४५ मा हाम्फालेका २६ वर्षीय युवा रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए । उनको मानसिक सन्तुलन ठिक थिएन ।
सोलुखुम्बुको जुगु गाउँपालिकाका ती युवा बानेश्वरमा बस्थे। उनले आफ्नो शरीरमा आगो लगाउने प्रयास गरेका थिए।
आगोले हातखुट्टा पोलेपछि उपचारका लागि उनलाई केएमसीमा ल्याइएको थियो । कुरुवा बसेकी आमा औषधी किन्न गएका बखत उनी झ्यालबाट हाम्फालेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।
हाम्फाल्दा गम्भीर घाइते भएका उनलाई उपचार गरिए पनि केही समयमै मृत्यु भएको प्रहरीले जनाएको छ ।