काठमाण्डू उपत्यकाका १६८४ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा थप एक हजार ६ सय ८४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२९६, भक्तपुरमा ९५ र ललितपुरमा २ सय ९३ जनालाई संक्रमण पुष्टि भएको हो।
उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।