पीसीआर परीक्षणको रिपोर्ट गलत आउनुका कारण
(विराटनगर) कोभिड परीक्षणका लागि हाल आरटी पीसीआर परीक्षण गरिँदै आएको छ ।
कुनै पनि उपकरणजत्तिकै, पीसीआर परीक्षणको नतिजा पनि गडबडी आउन सक्छ । जसले गर्दा परीक्षणको नतिजामा फल्स नेगेटिभ (संक्रमण भए पनि रिपोर्ट नेगेटिभ) र फल्स पोजिटिभ (संक्रमण नभए पनि रिपोर्ट पोजिटिभ) आउन सक्छ । परीक्षणले गलत परिणाम दिने सम्भावना निकै कम भए पनि धेरै कारणले रिपोर्ट गलत आउन सक्ने हुन्छन् ।
भाइरसको सम्पर्कमा आएको २ देखि ४ दिनपछि लक्षण विकसित हुन थाल्छ । र कहिलेकाहीँ लक्षण देखिनका लागि दुई हप्तासम्म लाग्न सक्छ । त्यसैले, एक व्यक्तिले धेरै चाँडै नै परीक्षण गरेका कारण संक्रमण हुन सक्छ भन्ने तथ्य हुँदाहुँदै पनि यो परीक्षणमा फल्स नेगेटिभ रिपोर्ट आउने सम्भावना रहन सक्छ । तसर्थ, सम्पर्कमा आएको पहिलो हप्तामा परीक्षणको लागि जान सल्लाह दिइन्छ ।
आरटी पीसीआर परीक्षणका लागि नाक र घाँटीबाट स्वाबको नमूना संकलन गरिन्छ । भाइरल लोड फेला परेको खण्डमा परीक्षणको नजिता पोजिटिभ आउँछ । स्वाव नमूना राम्रोसँग नलिँदा पर्याप्त म्यूकोसल स्राव नटिपेको खण्डमा, वा पूर्णरूपमा भाइरल लोड पत्ता लगाउन भाइरल लोड निर्माण नभएमा पनि संक्रमण भए पनि रिपोर्ट नेगेटिभ आउन सक्छ ।
कोभिड नयाँ संक्रमण भएको हुँदा परीक्षण प्रक्रिया ह्यान्डल गर्नका लागि पर्याप्त समय र प्रयासको आवश्यक पर्छ । परीक्षणको परिणाम बाहिर आउन २४ देखि ४८ घण्टासम्म लिन्छ । यदि परीक्षण नमूना दूषित भएमा, सही तापमानमा भण्डारण नगरेमा वा आरएनए पत्ता लगाउन प्रयोग गरिएको रसायनले ठीकसँग काम नगर्दा भने, यसले फल्स नेगेटिभ नतिजा दिन सक्छ ।
लक्षण देखिएर पनि परीक्षणको नतिजा नेगेटिभ आए जोखिमबाट अरूलाई जोगाउन क्वारेन्टाइन वा होम आइसोलेसनमा बस्नुपर्ने हुन्छ । केही निश्चित दिनहरू (न्यूनतम ४ देखि ५ दिन) को लागि आइसोलेसन बसी मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने गर्नु पर्छ । साथै, डाक्टरको सम्पर्कमा रहेमा संक्रमणविरूद्ध लड्न आवश्यक रोकथाम उपायको प्राप्त गर्न सकिन्छ ।